सेयर बजारमा सामान्य सुधार, काराेबार रकम खुम्चियाे



काठमाडौँ  : धितोपत्र बजारमा आज सेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.८३ विन्दुले बढेर एक हजार १४७.१० विन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७४ विन्दुले बढेर २४४.०२ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि कारोवार रकम भने घटेको छ । आज १ सय ६३ कम्पनीको सात लाख ३६ हजार ७ सय ६९ कित्ता सेयर २३ करोड १० लाख २२ हजार २ सय ३३ रुपैयाँ खरिदबिक्री भएको छ ।

कारोवार भएका कुल १० उपसमूहमध्ये दुई उपसमूहको सूचक घटेको छ । वित्त क्षेत्र ०.९२ र उत्पादन समूह १९.६२ विन्दुले घटेका हुन् । यस्तै बैंकिङ २.३८, होटल १.३१, विकास बैंक ५.३, जलविद्युत् ६.८, निर्जीवन बिमा १२.४३, अन्य २.९६, लघुवित्त ६.७३ र जीवन बिमा ४.७४ विन्दुले बढेका छन् । 

स्टकका अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले आज नौ प्रतिशत कमाएका छन् । बुटवल पावर कम्पनी ५.७१, राधी विद्युत् कम्पनी ५.७०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.९७, आँखु खोला जलविद्युत् कम्पनी ४.९४, चौतारी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४ प्रतिशतले कमाएका छन् । 

 

त्यस्तै पूर्णिमा विकास बैंकका सेयरधनीले ४ प्रतिशतलेऽ वरुण हाइड्रो पावर ३.८४, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७०, नयाँ नेपाल लघुवित्त विकास बैंक २.९४, वेस्ट फाइनान्स कम्पनी २.९४, सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनीले २.६५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्