हावाहुरीसँगै परेको पानीले क्वारेन्टाइनमा क्षति



विराटनगर : आइतबार राति आएको हावाहुरीसँगै परेको पानीले मोरङको मिक्लाजुङ गाउँपालिका-४ स्थित क्वारेन्टाइनमा क्षति पुगेको छ ।

हावाहुरीले पाल, खानेपानी फिल्टर, बिजुली तथा इन्टरनेटमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । मिक्लाजुङको टाँडीमा २०० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ ।

त्यस्तै मोरङकै रतुवामाई नगरपालिका-४ स्थित १८० बोतल कर्णाली नामक अवैध मदिरा प्रहरीले बरामद भएको छ । २ थान साइकलबाट अवैध रुपमा ओसार पसार गरिरहेको उक्त मदिरा प्रतिबोतलमा ३०० मिली रहेको र प्रहरीलाई देख्नेबित्तिकै साइकल चालक फरार भएको प्रहरीको भनाइ छ ।

यसैगरी, भारततर्फ रक्सी लैजाने क्रममा एक जनालाई प्रहरीले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाएको छ ।

हिजो दिउँसो टेम्पुमा ३० कार्टुन रक्सी लोड गरी भारततर्फ लैजाने क्रममा पक्राउ परेका व्यक्तिलाई ३ महिना कैद बापत २७ हजार र थप जरिवाना १५ हजार गरी ४२ हजार धरौटी बुझी रिहा गरेको तथा टेम्पो र रक्सी नियन्त्रणमा रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

लकडाउन उल्लंघन गर्ने २ हजार ३२० सवारी साधनलाई प्रहरीले नियन्त्रण लिएकामा २ हजार १८५ सवारी छाडिएको र सोही अवधिमा ७३६ जना मानिस लकडाउन उल्लंघन गर्ने क्रममा पक्राउ गरी सबैलाई छाडिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्