भुल्केमा मात्रै कोरोना संक्रमितको संख्या २४, उदयपुर जिल्ला ‘सिल’



उदयपुर : उदयपुरको भुल्केमा एकैदिन १२ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै प्रदेश सरकारले उदयपुर जिल्लालाई सिल भएको छ ।

प्रदेश सरकारले आजै मंगलबारदेखि लागूहुने गरि पूरै जिल्लाई चारैतिरबाट सिल गर्ने निर्णय गरेको हो ।

उदयपुरबाट अन्य जिल्लामा कोरोनाको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।

कोसी अञ्चल अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेनन्ट संगीता मिश्रले ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइन् । कोसी अस्पतालमा स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि परीक्षण गरिएको थियो । मंगलबार गरिएको पुनः परीक्षणमा पनि पोजिटिभ देखिएको मिश्रले बताइन् ।

उदयपुरमा एकैदिन ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोनाको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताए ।

उनले जिल्ला सुरक्षा समितिको निर्णय गरी सर्वदलीय संयन्त्रको साथ सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको बताए ।

मस्जिदमा बसेका १२ जनामा संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमुना शनिबार संकलन गरिएको थियो ।

कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ११ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यससँगै भुल्केमा संक्रमितको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्