नेपाल कोरोना संक्रमणको ‘कम्युनिटी ट्रान्समिसन’मा, प्रदेश १ ‘इपिसेन्टर’



काठमाडौं : पछिल्लो समय प्रदेश १ कोरोनाभाइरस (कोभिड–१९)को ‘इपिसेन्टर’को रुपमा देखिएको छ भने नेपाल तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ ।

शुक्रबार एकैपटक उदयपुरको मस्जिदमा भरतबाट आएर बसेका ११ सहित १ नेपालीको कोरोना पोजेटिभ देखिएपछि देशकै ध्यान प्रदेश १ तर्फ केन्द्रीत भएको थियो । शनिबार उनीहरूसँगै रहेको थप १ नेपालीमा कोरोना पोजेटिभ भेटिएपछि प्रदेश १ मै कोरोना संक्रमितको संख्या १३ पुगेको थियो ।

त्यसको तीन दिनपछि दिनपछि पुनः मंगलबार थप ११ जना स्थानीयमा कोरोना संक्रमण देखिएपछि प्रदेश १ कोरोनाको ‘इपिसेन्ट’को रुपमा देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै थप ११ जनामा संक्रमण पुष्टि गरेको हो ।

सुरुमा कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो भने एकजनाको रिपोर्ट आउन बाँकी नै थियो । यस्तोमा पोजेटिभ देखिएका ८ जनालाई भुल्केबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको हो । साथै, मंगलबार नै भुल्केकै तीनजनाको काठमाडौंमा परिक्षण गर्दा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

नेपाली सेनाको चिकित्सकीय टोलीले आइतबार २ सय ५१ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएकोमा हालसम्म भएको परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ भने मुलुकभरी संक्रमणको संख्या ४२ पुगेको छ ।

योसँगै नेपाल कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ ।

गत वर्षको मंसिरदेखि नै नेपालमा भएकाले उनीहरूमा कोरोना संक्रमणको सुरुवात कहाँबाट भयो ? प्रदेश १ सरकार, चिकित्सक र सुरक्षा निकायको अहिले टाउको दुखाइको विषय बनेको छ ।

त्यसोत प्रदेश १ मुख्यमन्त्री शेरधन राईले तरईका चार जिल्ला झापा, मोरङ, सुनसरी र उदयपुरमा निगरानी बढाएका र कोरोनाबाट प्रदेशलाई जोगाउन सकिने बताएका थिए ।

सुरक्षा निकायको बैठकमा पनि सीमा क्षेत्रमा कडाइ गर्ने र भारतबाट छिरेकाको निगरानी गर्ने उनले निर्देशन दिएका थिए ।

यसै समयमा नेपालको ‘अध्यय’नै परिवर्तन हुन पुग्यो ।

प्रदेश १ मा रहेका भारतीय नागरिकमा एकैपटक यति ठूलो संख्यामा कोरोना पोजेटिभ पुष्टि भएपछि प्रदेश १ सरकारलाई चुनौती थपिएको छ ।

प्रदेशका सबै १४ जिल्लामा शुरु गरिएको –यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पनि दैनिक पोजेटिभ रिपोर्ट आउन थालेपछि विराटनगर र धरानको ल्याबमा काम गर्ने चिकित्सकलाई पनि चाप र तनाव थपिएको छ ।

शनिबार मात्रै पहाडी जिल्ला तेह्रथुममा आरडीसी परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षण नहुँदै पहाड पनि खतराको घण्टी बजेको हो की ? भन्ने आशंका उब्जिएको छ ।

यसका लागि मुख्यमन्त्रीले सुरक्षा व्यवस्था कडा पार्न र स्वास्थ्य निकायलाई निगरानी र आउने चुनौतीको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

‘ठूलो मात्रामा कोरोना पोजेटिभ प्रदेश १ मा भए पनि हामी गम्भीर रूपमा लागेका छौँ ।’ मुख्यमन्त्री राईले भने ।

प्रदेश १ का तराईको ठूलो क्षेत्र भारतसँग जोडिएकाले चुनौती बढी भएको मूल्यांकन यसअघि नै गरेर तयारी गरेकाले व्यवस्थापनमा सहज भएको उनले बताए ।

उदयपुरको मस्जिद क्षेत्र सिल गरी वरपरका नागरिकको नमुना संकलन र परीक्षण शनिबारबाटै सुरु गरिएको छ भने उनीहरू डुलेको मोरङ, सुनसरी र सप्तरीका मस्जिदमा परीक्षण र सिलसहित उच्च निगरानी बढाइएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

दोस्रो चरण देखिएसँगै यसअघि विज्ञले नेपालमा कोरोनाभाइरसको तेस्रो चरण पनि आउन सक्ने भनेर आंकलन गरेका थिए ।

मंगलबारसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ भने ती मध्ये ५ जना निको भएर घर फर्किसकेका छन् ।

परीक्षणको दायरा बढाइएसँगै संक्रमितको संख्या पनि बढेको देखिन्छ । नेपालमा मंगलबारसम्म आरडीटी र पीसीआर विधिबाट ३६ हजार ७ सय १९ जनाको परीक्षण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्