यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ वर्ष ले पुग्दै पुग्दैन : सन्दीप लामिछाने



काठमाडौँ । पटक पटक पेसी सारिँदै आएको  काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा जेठ १गतेका लागि सारिएको छ ।

 यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्म दर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्म मिति स्पष्ट खुल्ने कागजात झिकाउन आदेश दिएको थियो। न्यायाधीश द्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले जन्ममितिसम्बन्धी स्पष्ट हुने कागजात झिकाउन आदेश दिएको हो। यसअघि जिल्ला अदालतले पीडित गौशाला २६ को उमेर १८ वर्ष कटेको ठहर गरेको  थियो।

पीडितको उमेर १८ वर्ष कटेको भए पनि सन्दीपले सहमतिबिना नै शारीरिक सम्बन्ध राखेको भन्दै दोषी ठहर गरेको थियो। लामिछानेले गत फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। बलात्कार मुद्दामा आफू निर्दोष रहेको दाबी गरेका छन्।

जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो।

नाबालिग बलात्कार गरेको आरोपमा गौशाला-२६ ले लामिछानेविरुद्ध गत वर्ष भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।  तर,अदालतले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको ठहर गरेको थियो।

 मुद्दाकै कारण लामिछानेले विश्वकप खेल्न नपाउने पक्का भएका छन् । लामिछानेले आफूमाथि षडयन्त्र भएको बताएको थिए । उनले आफूले षडयन्त्र गरिरहेको सबैको पोल खोल्ने बताएका थिए ।  उनले आज  आफू अपराधी भए फासीमा  चढ्न तयार रहेको बताएको छन् । उनले फेसबुकमा लेखेका छन् ,’धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टि गर्छ। तर मैले कति सहनु? म न्याय माग्दा माग्दा सिथिल भई सके। सामाजिक संस्था र सामाजिक संजाल मा अनि झुट का न्याय का लागि लड्ने एकथरी गज्जब का आमा, दिदि हरु रहेछन अनि केही प्रभाव पार्ने पत्र पत्रिका। ति तथाकथित र भनौंदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहां हरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन। तपाईं हरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनिया ले बुझेको छ। म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसार को लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि। ति तथाकथित महिला सामाजिक अभियेंता भन्ने हरु येती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पिडित हरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन। मैले एती लेखिरहदा अब केहि ले मलाई पिडित को नाटकीय त्रूप फाल्यो भनेर लेख्लान। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानै देखि धर्म मा विश्वास गर्ने व्यक्ति हु | जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरिक्षा मा तपाईहरुले आफ्नो कर्म को फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकि छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।अन्तमा म निर्दोष छु र मेरो निर्दोशिता मा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवन भर ऋणी रहने छु। फेरी पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस।बिनती छ।’

प्रतिक्रिया दिनुहोस्