४ सय मास्क बाँडेका व्यक्ति नै कोरोना संक्रमित



उदयपुर : त्रियुगा नगरपालिका वडा नं.३ भुल्केमा ४ सय मास्क वितरण गरेका व्यक्तिमा नै कोरोना भाइरस संक्रमण देखिएको छ ।

भुल्केको नुरी मस्जिद आसपासका मास्क वितरण गरेको व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो । भुल्केमा टेलर्स संचालन गर्दै आएका ती व्यक्तिले सामुदायिक वनको अर्डरमा ८ सय मास्क तयार पारेका थिए ।

तयार पारेका मध्ये ४ सय मास्क बासिन्दालाई आफै वितरण गरेका थिए । झुल्केका उनले टेलर्स संचालनको अलवा गाई भैसी र बाख्रा खरिद बिक्री समेत गर्दै आएका छन् ।

अहिले उनकै परीक्षण रिपोर्ट पोजेभिट देखिएको छ । टेलर्स संचालकमा कोरोना देखिएपछि उनीसँग मास्क लिनेहरु चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्