विश्वमा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो, कतिको मृत्यु?



काठमाडौं : पछिल्लो समय विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीब्र रुपमा बढिरहेको छ। यो समाचार तयार पार्दासम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ७९ हजार ८५४ रहेका छ।

संक्रमण फैलिएका २ सयभन्दा बढी मुलुकमा हालसम्म २५ लाख ८५ हजार ३५६ संक्रमित भएका छन। कोरोनाभाइरसको महामारीबाट विश्वभर संक्रमितमध्ये ७ लाख ५ हजार ७१८ जना उपचारपछि निको भइसकेका छन्।

मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहे पनि संक्रमणपछि निको हुने दर ठूलो रहेको देखाउँछ।संक्रमण फैलिएका मुलुकहरुमध्ये सबैभन्दा बढी प्रभावित अमेरिकामा ८ लाख १९ हजार ३२१ जना संक्रमित भएकोमा ४५ हजार ३५६ जनाको मृत्यु भएको छ।

यस्तै, युरोपेली मुलुक स्पेनमा कुल संक्रमित २ लाख ८ हजार ३८९ मध्ये २१ हजार ७१७ को मृत्यु भएको छ। यस्तै, अर्को प्रभावित मुलुक इटालीमा कुल संक्रमित १ लाख ८३ हजार ९५७ मध्ये २४ हजार ६४८ को मृत्यु भएको छ।

त्यस्तै फ्रान्समा अहिलेसम्म २१ हजार ७९६ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख ५८ हजार ५० जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा मृतकको संख्या अहिलेसम्म ४ हजार ६ सय ३ २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्