तस्करीको काठ र हतियारसहित आठ पक्राउ 



विराटनगर: मोरङको पथरीशनिश्चरे नगरपालिका–२ शान्तिचौकस्थित छयालिस विघेबाट सखुवाको काठ तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । को १ च ९३१८ नम्बरको बलेरो जीपमा चेकजाँच गर्ने क्रममा ५३ क्यूफिट तस्करीको काठ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठ तस्करीमा संलग्न झापा दमक नगरपालिका–२ का ४८ वर्षीय बुद्धिमान राई, मोरङको मिक्लाजुङ गाउँपालिका–५ का २६ वर्षीय बालकृष्ण भट्राई, २० वर्षीय जनम राई, २४ वर्षीय सदिप राई, ३३ वर्षीय श्रवण राई, ३२ वर्षीय बलबहादुर राई, २५ वर्षीय जनक राई र ३१ वर्षीय शेरबहादुर राईलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले नियन्त्रणमा लिइएको काठसहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कानेपोखरीमा बुझाइएको जानकारी दिए ।  उनिहरुको साथबाट काठ काट्न प्रयोग गरिने तीनवटा आरा, दुईवटा खन्ती, पाँचवटा काठको गल, मोवाइल १० वटा, चारवटा खुकुरी, फलामको ह्याम्मर र पाँचवटा रेती बरामद भएको बजगाईले बताए ।

प्रतिक्रिया दिनुहोस्