स्कूल नजिक विस्फोटक पदार्थ भेटियो, सेनाको टोली घटनास्थलमा



विर्तामोड : झापाको गौरीगञ्ज गाउँपालिका वडा-१ कुञ्जीबारी बजारस्थित न्यू युनिभर्सल बोर्डिङ स्कूल नजिकै विस्फोटक पदार्थ फेला परेको कुञ्जीबारी प्रहरी चौकीले जनाएको छ।

 

स्कूल उत्तरपट्टीको बाँसको झ्याङमा सो पदार्थ फेला परेको चौकीले जनाएको छ। दुईवटा बोतलसँगै मोटरसाइकलमा प्रयोग हुने ब्याट्री र अन्य बिद्युतीय सामग्री टेपले बेरिएर राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो।

 

उक्त पदार्थ इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस् आइडी हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्