खाद्यान्न बोकेका ३ सय भन्दा बढी ट्रक काठमाडौंमा प्रवेश



काठमाडौं : खाद्यान्न र अन्य दैनिक उपभोग्य सामान बोकेका ३ सय ४३ वटा ट्रक काठमाडौं भित्रिएका छन् ।

बुधबार तरकारी बोकेका १ सय ३१, चालम बोकेका ५५, दूध बाकेका २४, कुखुरा बोकेका २१, औषधि बोकेका २०, फलफूल बोकेका १८, घ्यू, तेल र अण्डा बोकेका १३-१३, मैदा बोकेका ७ वटा ट्रक नेपाल पुगेको हो ।

मकै बोकेका ६, दाल बोकेका ५, गहुँ र डिजल बोकेका ४–४, अक्सिजन तथा चिनी बोकेका २, नुन र पेट्रोल १-१ गरी ३ सय ४३ वटा ट्रक उपत्यका प्रवेश गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लकडाउन शुरु भएपछिको २९ दिनमा ७७ हजार ५ सय ५८ मेट्रिक टन खाद्यान्न, २४ हजार २ सय १८ मेट्रिक टन दलहन, ४० हजार ९९ मेट्रिक टन तरकारी, १० हजार ८ सय १८ मेट्रिक टन फलफूल र १० हजार ९ सय ९६ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्