लकडाउनको एक महिना पूरा : कसरी रोक्ने कोरोना संक्रमण ?



काठमाडौं : आज वैशाख ११ गते, सरकारले देश लकडाउन गरेको एक महिना पूरा भएको छ ।

चीनको वुहान शहरबाट शुर भएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि देखिन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेबाट नेपाल लकडाउन गर्ने घोषणा गरेको थियो ।

त्यसोत लकडाउने कोरोना संक्रमण तीव्र हुन रोकेपनि यसले संक्रमण समुदाय स्तरमा पुग्नबाट रोक्न सकेन ।

किनकि प्रदेश १ को उदयपुरमा समुदाय स्तरमा नै कोरोना संक्रमण भइरहेको छ । र नेपाल कोरोना संक्रमणको तेस्रो चरणमा पुगेको छ । तर, आवतजावत बन्द हुँदा संक्रमणको जोखिम भने घटेको छ ।

तर, लकडाउनले आर्थिक नोक्सानी दिन दुई गुणा र रात चार गुणा बढी रहेको छ । त्यसैले विज्ञहरु लकडाउनको विकल्प जानुपर्छ भन्न थालेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशन डा. वासुदेश पाण्डेले सधै भरी लकडाउन गरिराख्न नसकिने बताएका छन् ।

कोरोनाको उद्गम स्थल चीनको वुहानमा मात्र होइन अरु केही देशले यसमाथि नियन्त्रण बनाएका छन् । तर, यूरोपका केही देश र अमेरिका भुसको आगो झै कोरोना फैलिरहेको छ । त्यसैले हामीले अन्तः सफल भएका मोडल पनि अपनाउनु पर्ने हुन्छ ।

सरकारले परीक्षणको दायरा बढएसँगै अहिलेसम्म ९ हजार बढीको पीसीआर र ३२ हजारको र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडिटि) विधिमार्फत परीक्षण गरिएको छ । परीक्षण बढेसँगै नयाँनयाँ संक्रमित फेला परिरहेका छन् ।

अन्य देशसँगै भारतबाट आएकामा पनि संक्रमण देखिएको छ । तर, छिमेकी देश भारतमा कोरोना संक्रमणको दल तीव्र भइरहेको छ । सरकारले नाकाबन्दी गरेको छ । तर, लुकिछिपि भारतबाट केही नेपाल आएको आशंका छ । त्यसैले लकडाउन सँगसँगै भारतसँगको नाकामा कडाइ गर्नुपर्ने विज्ञको सुझाव छ ।

भारतसँगको खुला सीमानाका कारण नेपालमा देखिएका संक्रमितमा कोरोनाभाइरसको असर नदेखिनु चुनौती बनेको छ ।

संक्रमितमा रुघा, खोकी, श्वासप्रश्वास समस्या, जीउ दुःखने ज्वरो आउने लगायतका समस्या देखा पर्नुपर्ने हो । तर, नेपालमा संक्रमण भएपनि त्यसको लक्षण नदेखिदा समस्या आउनु होकी चिन्ता बढेको छ ।

विज्ञहरु रोक प्रतिरोधात्मक क्षमताकै कारण लक्षण नदेखिएको हुन सक्ने अनुमान गर्छन् । तर, यसबारे अध्ययन र अनुसन्धान भइसकेको छैन ।

नेपालमा हालसम्म ४५ जनामा कोरोना संक्रमण फेला परेका छन् भने ५ जना निको भएर घर फर्किसकेका छन् । साथै नेपालमा कोरोनाबाट हालसम्म नेपालमा कसैको मृत्यु भएको छैन ।

यता विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसियसले कोरोनाको महामारी छिट्टै नरोकिने बताएका छन् ।

उनले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा भाइरस संक्रमितको संख्या अझै बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका हुन् ।

जोन्स हप्किनस विश्वविद्यालयका अनुसार विश्वभरि अहिलेसम्म २६ लाखभन्दा बढी मानिसमा भाइरसको संक्रमण भएको छ भने एक लाख ८० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्