अमेरिकी ग्रीनकार्ड रद्द गर्ने निर्णयमा ट्रंपको गरे हस्ताक्षर, डिभी बन्द हुने



एजेन्सी : कोरोना माहामारीपछि अमेरिकी नागरिकको रोजगारी सुरक्षित गर्न भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रीनकार्ड र आप्रवासमा रोक लगाउनेसम्बन्धी कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन् ।

आलोचकहरुले ट्रम्पको यो कदमलाई कट्टरपन्थी आप्रवासन नीति कार्यान्वयन गर्ने प्रयास भएको संज्ञा दिएका छन् । उनले राष्ट्रपति चुनिनु अघिदेखि नै आप्रवासन नीति र आप्रवासीहरुमाथि निशाना साँध्दै आएका छन् ।

कोरोना भाइरस संक्रमण अवस्थाबारे जानकारी दिन ह्वाइटहाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘यो कदमले अमेरिकी नागरिकलाई रोजगारी सुनिश्चित गराउनेछ, हाम्रो अर्थतन्त्र खुल्ना साथ पहिलो चरणमा अमेरिकीहरुले नै रोजगारी पाउने छन् ।’

अमेरिकामा रहेका आफन्तबाट प्रायोजन (स्पोन्सर) सुनिश्चित गरेर अमेरिका जान खोजिरहेकाहरुको ग्रीनकार्ड पछिल्लो निर्णयसँगै खोसिने सम्भावना उच्च रहेको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति ट्रम्पले यस्तो आप्रवासलाई साङ्ले आप्रवास (चेन माइग्रेसन) भन्ने गरेका छन् । तर यसले अमेरिकी नागरिकका वैवाहिक सदस्य र २१ वर्षमुनिका व्यक्तिहरुलाई अमेरिका आउन समस्या नपर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो कार्यकारी निर्णयसँगै डाइभर्सिटी भिसा लोटरी (डिभी लोट्री) पनि बन्द हुनेछ । डिभी लोट्र्रीमार्फत वर्षेनी ५० हजार भन्दा बढी मानिसहरुलाई अमेरिकाले ग्रीनकार्ड दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्