जब सलमान खानको हात भाँचियो…



एजेन्सी : जब सलमान खान ग्वालिएरको सिंधिया स्कुलमा पढ्थे उनको छुट्टी मनाउने मनपर्ने स्थान इन्दोर रहेको थियो । सलमान खानको धेरै जसो समय साइकल चलाउनमा व्यस्त थिए ।

साथीहरुसँग मिलेर आँप झार्ने जामुन खसाल्ने जस्ता काम उनले बाल्यकालमा धेरै गरे । सलमान खानसँग सम्बन्धित किस्साहरु धेरै नै रहेका छन् ।

आउनुहोस् हेरौ केही यस्तै रोचक तथ्यहरुः

जब सलमान खानलाई पौडी खेल्न सिक्नका लागि बाधेर कुवाँमा फालियो

सलमान खानका नजिकका रिलेटिभ्सका अनुसार सानोमा पानीदेखी सलमान निकै डराउँथे । एकदिन उनको ठुलो आमाले सलमान खानलाई रस्सीले बाधेर छिमेकीको कुवाँमा फालिदिए । यो सलमान खानका लागि पौडीको पहिलो शिक्षा थियो । यस पश्चात सलमान खान निरन्तर कुवाँमा तैरिन जाने गर्थे ।

इन्दोरको सडकमा स्कुटर चलाउँथे सलमान

सलमान खानको स्कुलको शिक्षा धेरै स्कुलबाट लिए पनि इन्दोरको सडकमा स्कुटर चलाउन भने उनी आइनै रहे । सलमान खानलाई साझँपख इन्दोरको सडकमा साइकल र स्कुटर चलाउन धेरै नै मनपथ्र्यो । इन्दोरमा नै सलमान खानले घोडागाडी चलाउन पनि सिके ।

सलमान खानको हात भाँचिएको थियो

सलमान खानका कजिन मतिन खानका अनुसार बाल्यकाल र युवा अवस्था निकै रमाइलो गरेर बिताएका थिए । सलमानले आसपासमा रहेका गाउँमा जीप जो भएका कारण धुलोले भरिएको बाटोमा बाइक स्टन्टे गर्थे । यस्तैमा रेसिंङ स्टन्ट गर्दा सलमान खानको हात भाँचिएको थियो ।

सलमान खानका अंकल नईम खानका अनुसार सलमान खान बाल्यकालमा निकै घमण्डी र चुलबुले खालका थिए । उनका अनुसार सलमानले एकपटक कुनै कुरा लियो भने अरुको कुरा सुदैन्थे । १२ वर्षको उमेरमा सलमान सिडीमा साइकल चलाउने तथा व्यालेन्स गरेर साइकलिङ स्टन्ट गर्ने काम गर्थे ।

प्रतिक्रिया दिनुहोस्