महाभूकम्पको पाँच वर्ष : रानीपोखरी उद्घाटन गर्ने योजना अधूरै



काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रानीपोखरी उद्घाटन गर्ने योजना अधूरो भएको छ ।
भूकम्प गएको ५ वर्षपछि आज (शुक्रबार) अर्थात वैशाख १२ गते रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गर्ने प्राधिकरणको योजना थियो । तर, यो योजना अधूरै भएको छ ।

कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि सरकराले लागू गरेको लकडाउनको कारण रानीपोखरीको पुनर्निर्माण कार्या सम्मपन्न हुन सकेन ।

०७२ वैशाख १२ को महाभूकम्पले क्षतिर्पुयाएको रानीपोखरीलाई मल्लकालिन स्वरुपमा ल्याउने प्रयास भइरहेको छ । शिखर शैलीमा पुनर्निर्माण भइरहेको रानीपोखरीमा आम सर्वसाधारणले भूकम्प अगाडि जस्तै पानीले भरिभराउ पोखरी देख्न सकिने विश्वास लिएका थिए ।

मुलुकमा कोरोनाको त्रास र सन्त्रास नभएको भए भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको रानीपोखरीले नयाँ आकृतिमा पाउने थियो ।

लकडाउनका कारण रानीपोखरीको पुनर्निर्माणले पूर्णता पाउन नसकेको प्राधिकरणको भनाइ छ ।

वैशाख १२ गते उद्घाटन गर्ने योजना अनुसार रानीपोखरीमा कामदारहरु खटिएका थिए ।

बालगोपालेश्वरको मन्दिर पुनर्निर्माण र पोखरीको निर्माणमा खटिरहेका कामदारहरुले चैत ११ गतेदेखि लागू भएको लकडाउनका कारण काम अघि बढ्न सकेका छैन ।

प्रतिक्रिया दिनुहोस्