संविधान मिच्न पाइदैन, लोकतन्त्र विरोधी अध्यादेश चाहिदैन!



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै आज शुक्रबार देशभर प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यकासहित देशैभर पाँचरपाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको हो। विरोध प्रदर्शनमा प्याले कार्ड तथा कालो झण्डा बोकिएको थियो ।

विहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानले एक विज्ञिप्त जारी गरि अध्यादेशविरुद्ध आज विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा संकेतिक विरोध प्रदर्शनका लागि उनले आह्वन गरेका थिए ।

विपत्तीको क्षणलाई पनि केपी ओली सरकारले आफू निरंकुशतर्फ अग्रसर हुन उपयोग गर्नु आपत्तिजनक भएको नेविसंघको ठहर छ ।

तस्वीर– सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्