मन्त्रिपरिषदको बैठक बस्दै, के राजनीतिक दल सम्बन्धि अध्यादेश फिर्ता होला?



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज शुक्रबार ११ बजेका लागि बैठक डाकिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ ।

प्रधानमन्त्रीले जारी गरेका दुई अध्यादेशमध्ये राजनीतिक दल सम्बन्धि अध्यादेश फिर्ता गर्ने सम्भावना छ। पार्टी फुटाउने रणनीतिका साथ प्रधानमन्त्री ओलीले अध्यादेश अगाडि बढाएका थिए भने तत्कालै राष्ट्रपतिले त्यसमा लालमोहर लगाएकी थिइन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउनको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

पार्टी फुटाउने उद्देश्यले ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब छ ।

प्रतिक्रिया दिनुहोस्