लकडाउन उल्लंघन गर्ने १ सय ८७ सवारीसाधन प्रहरी नियन्त्रणमा



काठमाडौँ– सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेर सडकमा गुडेका १ सय ८७ सानाठूला सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरी ट्राफिक प्रहरी प्रभागका अनुसार लकडाउनको ३२ औं दिन विहान १० बजेसम्म ६ वटा चार पाङग्रे र १ सय ८१ वटा दुई पाङग्रे सवारीसाधनहरू कारवहीमा परेका हुन् ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट बच्नका लागि सरकारले ११ चैतदेखि लकडाउन गरेको थियो ।

साथै अति आवश्यक काममा बाहेक सवारी साधनहरूको प्रयोग नर्गन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्