तान्जानियाका राष्ट्रपतिले चिनियाँ ऋण जड्याहाले मात्र स्वीकार गर्छ भनेपछि…



एजेन्सी– एकताका अफ्रिकी राज्यहरुद्धारा चिनियाँ ऋण लिएर विशाल आयोजनाहरु निर्माण गर्ने ‘टे«ण्ड’ नै चलेको थियो । तर अफ्रिकी अर्थविद्हरुले ती विशाल आयोजनाहरुले अपेक्षा गरेको जस्तै कमाउन नसक्ने निक्र्याैल गरेपनि ती राज्यहरुले चीनको शर्तमा ऋण तिर्न असम्भव रहेको निश्कर्षमा पुगेका छन् ।

चिनियाँ ऋणले वास्तवमा राज्यलाई भन्दा सम्झौतामा क्रममा कमिशन खाएका केही राजनीतिज्ञ र उच्च पदस्थ कर्मचारीहरुलाई मात्र फाईदा हुने भएपछि अफ्रिकी समाजिक अगुवाहरुले पनि त्यसको विरोध गर्न थाले ।

त्यसमाथि पनि ऋण तिर्न नसक्दा चीनले ती आयोजनाहरु कब्जामा लिने सम्झौता उजागर भएपछि जनस्तरबाटै विरोधका आवाजहरु उठ्न थाले ।

त्यहीँ बुझेर तान्जानियाले भर्खरै चीनसँगको ऋण सम्भौता खारेज गरेको छ । जड्याहाँले मात्र स्वीकार गर्न सक्ने टिप्पणी गर्दै सो सम्भौता राष्ट्रपति मागुफुलिले खारेज गरेका हुन् ।

यसअघिको सरकारले चीनसँग एक वन्दगाह निर्माणका लागि १० विलियन अमेरिकी डलर ऋण लिने सम्झौता गरेको थियो । सम्झौतामा क्रृणको असुलउपर गर्नका लागि सो बन्दगाह चीनले ९९ बर्षसम्म निर्वाद्ध प्रयोग गर्न पाउने शर्त राखिएको थियो ।

मागुफुलिको सत्ता आएपछि ९९ बर्षको सभ्झौतालाई घटाएर तान्जानियाले ३३ बर्ष बनाउन चीनसमक्ष प्रस्ताव राख्यो । चीनले सोे प्रस्ताव नमानेपछि मागुफुलिले अन्ततः सो १० विलियन अमेरिकी डलरको क्रृण सम्झौता खारेज गरेका हन् ।

प्रतिक्रिया दिनुहोस्