काठमाडौं कोरोनामुक्त भएको प्रधानमन्त्री ओलीको ठहर



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सञ्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएको भन्दै सन्तोष व्यक्त गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत डिस्चार्ज भएका सबैको सुस्वास्थ्यको कामना पनि गरेका छन् ।

‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु’ ओलीले ट्वीट गर्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्