नेपाली भाषा सिक्न बालबालिकाको निम्ति स्वरमाला गीति कार्टुन



काठमाडौं : नेपालयले बालबालिकाको निम्ति उपहार स्वरुप गत तिहारमा वर्णमाला (व्यन्जन) सार्वजनिक गरेको थियो । अब फेरी स्वरमाला अथवा अ, आ, इ, इलाई आधार बनाएर बनेको गीति कार्टुन युट्यूबमा सार्वजनिक गरेको छ । यस स्वरमालामा रचनाकार तथा संगीतकार आभासको स्वर रहेको छ ।

बालबालिकाहरुलाई घरमै बसेर नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देश्यले नेपालयले संगीतकार तथा गीतकार आभासँंगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार गरेका हुन् । यस सार्वजनिक स्वरमालालाई रोचक बनाउनका निम्ति रचनाकार आभासले ‘अक्कलमान’ नामको चरित्र निर्माण गरेका छन् । कार्टुन चित्रसहित हेर्न, सुन्न सकिने यो गीतले बालबालिकालाई मनोरञ्जन दिनुका साथै अक्षर र शब्द ज्ञान बढाउन पनि मद्दत पुर्याउने बिश्वास नेपालयको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्