राहत वितरणका विषयमा विवाद हुँदा असईको टाउको फुट्यो



नवलपरासी : राहत वितरणका विषयमा स्थानीयबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् ।

रामग्राम नगरपालिका-१७ देवगाँवमा राहत वितरणका विषयमा विवाद हुँदा असई चामबहादुर ओलीको टाउकोमा चोट लागेको हो । बुधबारदेखि नगरपालिकाले राहत वितरण गरेको थियो ।

शुक्रबार स्थानीयले सबैलाई राहत सामाग्री नपुगेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । हुने खानेले नै राहत पाएको र वास्तविक विपन्नले राहत नपाएको भन्दै स्थानीयहरु आक्रोशित भएका थिए ।

प्रहरीमाथि स्थानीयको समुहले नै आक्रमण गरेको बताइएको छ । ओलीमाथि क्रिकेटको ब्याट प्रहार भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीमाथि आक्रमण गरी घाइते बनाउने एक महिलासहित प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्