प्रदेश २ मा ४ हजार ३ सय ३१ जनाको आरडीटी परीक्षण, ९ जनाको रिपोर्ट पोजेटिभ



जनकपुरधाम : प्रदेश २ का ८ वटै जिल्लामा आरडीटीको माध्यमबाट शुक्रबारसम्म ४ हजार ३ सय ३१ जनाको परिक्षण गरिएको छ ।

त्यसमध्ये ९ जनाको रिजल्ट पोजेटिभ आएको छ भने ४ हजार ३ सय २२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

कोरोनाभाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेष्टअन्तर्गत सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ११४, अग्नीसाईर गाउँपालिकामा ४०, कञ्चनरुप नगरपालिकामा ११२, हनुमाननगर नगरपालिकामा २१,महादेवा गाउँपालिमा ११, बोदेबरसाइन नगरपालिकामा १३, बलानविहुल गाउँपालिकामा २७, तिलाठी कोइलाठी गाउँपालिकामा १६, खडक नगरपालिकामा ७६, राजगढ गाउँपालिकामा २, डाक्नेश्वरी गाउँपालिकामा २, छिन्नमस्ता गाउँपालिकामा ७, शम्भुनाथ नगरपालिकामा २,सुरुङ्गा नगरपालिकामा २०, तिरहुत गाउँपालिकामा २८, रुपनी गाउँपालिकामा ९, सप्तकोसी नगरपालिकामा १ सय ७१ र राजविराज नगरपालिकामा ४४ जना गरी कुल ७ सय १५ जनाको आरडिटी परिक्षण गरिएको छ ।

सिरहा जिल्लामा भने सिरहा नगरपालिका र सिरहा अस्पतालमा ९२ जना, नवराजपुर गाउँपालिकामा ७ जना, गोलबजार नगरपालिकामा ४३ जना, कर्जनहा नगरपालिमा २० जना, नराहा गाउँपालिकामा २ जना, अर्नामा गाउँपालिकामा २३ जना, मिर्चैया नगरपालिका ३ जना, लाहान नगरपालिका १० जना, सुखीपुर नगरपालिकामा ४७ जना, भगवानपुर गाउँपालिकामा १८ जना, औरही गाउँपालिकामा ७ जना, बरियारपट्टी गाउँपालिकामा १ जना, विष्णुपुर गाउँपालिका १८ जना, कल्याणपुर नगरपालिका ५ जना, लक्ष्मीपुर पटारी गाउँपालिकामा १२ जना र सखुवा ननकारपट्टी गाउँपालिामा १३ जना गरी कुल ३ सय २१ जनाको आरडिटी परिक्षण गरिएको छ ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा १० जना, मिथिला नगरपालिकामा १७ जना, सबैला नगरपालिकामा २१ जना, जनकनन्दिनी गाउँपालिकामा ९ जना, औरही गाउँपालिकामा १ जना, धनुषाधाम नगरपालिकामा १० जना, बिदेह नगरपालिकामा २४ जना, धनौजी गाउँपालिकामा २० जना, कमला नगरपालिकामा ६ जना, क्षिरेश्वर नगरपालिका ३७ जना,मिथिला आयूर्वेदस्थित क्वारेन्टाइनमा रहेका १९,हंसपुर नगरपालिकामा ४,प्रादेशिक अस्पताल जनपुरबाट ११४ र बटेश्वर गाउँपालिका १८ जना गरी कुल ३ सय १० जनाको आरडिटी टेष्ट गरिएको छ ।
महोत्तरी जिल्लाको औरही नगरपालिकामा १४ जना, बलवा नगरपालिकामा १८ जना, गौशाला नगरपालिकामा १६ जना, सोनामा गाउँपालिकामा १७ जना, रामगोपालपुर नगरपालिकामा १२ जना, बर्दिबास नगरपालिकामा ८ जना, महोत्तरी गाउँपालिकामा २ जना, मनरा सिसवा नगरपालिका १२ जना, जिल्ला प्रहरी कार्यालय महोत्तरी मार्फत १० जना र लोहरपट्टी नगरपालिका ३९ जनागरी कुल १ सय ५० जनाको आरडिटी टेष्ट गरिएको छ ।

सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा ५० जना, हरिपुर नगरपालिकामा २ जना, कौडेना गाउँपालिका ५ जना, लालबन्दी नरपालिकामा ३ जना, रामनगर गाउँपालिकामा ४ जना, चकरघट्टा गाउँपालिकामा २ जना, धनकौल गाउँपालिकामा २ जना, हरिवन नगरपालिकामा २९ जना, कविलासी गाउँपालिकामा १ जना, बिष्णुपुर गाउँपालिकामा १ जना,इश्वरपुर नगरपालिकामा ९ जना र जिल्ला प्रहरी कार्यालय सर्लाही मार्फत १७ जना गरी कुल १ सय २५ जनाको आरडिटी टेष्ट गरिएको छ ।

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा ५८ जना, कटहरिया नगरपालिकामा ५३ जना, इशनाथ नगरपालिकामा १५४ जना, परोहा नगरपालिकामा ३९ जना, गरुडा नगरपालिकामा २७ जना, बौधिमाई नगरपालिकामा २२ जना, फतुवा विजयपुुर नगरपालिकामा ४ जना, देवाही गोनाई नगरपालिकामा २२ जना, दुर्गाभगवती गाउँपालिकामा ५ जना, यमुनमाई गाउँपालिका १२ जना र गौर नगरपालिका ४५ जना गरी कुल ४ सय ४१ जनाको आरडिटी टेष्ट गरिएको छ ।
बारा जिल्लाको कलैया अस्पतालमा ३८ जना,कलैया उपमहानगरपालिकामा १४ जना,सिम्रौनगढ नगरपालिकामा ५ जना, महागढीमाई नगरपालिकामा ८ जना, पचरौता नगरपालिकामा १४ जना,सूवर्ण गाउँपालिका १३ जना, आदर्श कोतवाल गाउँपालिकामा ५ जना, फेटा गाउँपालिकामा ५, जीतपुर उपमहानगरपालिकामा १२ जना, निगजढ नगरपालिकामा ६ जना, बारागढी नगरपालिकामा ३ जना र कोहल्वी नगरपालिकामा ६ जनागरी कुल १ सय २९ जनाको आरडिटी परिक्षण गरिएको छ ।

पर्सा जिल्लामा छिपरमाई गाउँपालिकामा ४१ जना, पकाहा मैनपुर गाउँपालिकामा ६ जना, कालिकामाई गाउँपालिकामा २६ जना, पटेरवा सुगौली गाउँपालिकामा १९ जना, पर्सागढी नगरपालिकामा १२ जना, धोबिनी गाउँपालिकामा ७ जना, नारायणी अस्पताल बीरगंजमा १७९ जना, बिन्धवासिनी गाउँपालिकामा २ जना, जिरा भवानी गाउँपालिका ९ जना, जगरनाथपुर गाउँपालिकामा २२ जना,सखुवा प्रसौनी गाउँपालिकामा ७ जना र बीरगंज महानगरपालिकामा १ हजार ७ सय ६८ जना गरी कुल २ हजार ९८ जनाको आरडिटी टेष्ट गरिएको छ ।

डा.घिमिरेले आरडिटी टेष्टमा कोरोनाले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा मात्र परीक्षण हुने भएकाले उनीहरु सबैको पीसीआर परीक्षण समेत गरिने बताए । आरडीटी परीक्षणका लागि प्रदेशका ८ वटै जिल्लामा काठमाण्डौबाट आएको ६ वटा टिम,जनकपुरबाट २ वटा टिम सहित सम्बन्धित जिल्लामा रहेका जनशक्तिलाई समेत परिचालन गरिएको छ ।
टोलीमा मेडिकल डा.जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्