सन्दिप क्षेत्रीको कथामा हाँस्य कलाकारहरुको शर्ट फिल्म युट्युबमा सार्वजनिक



काठमाडौं : सन्दिप क्षेत्रीको कथामा विभिन्न हाँस्य कलाकारहरु समेटेर लकडाउन सम्बन्धि एक शर्ट फिल्म युट्युबमा सार्वजनिक गरिएको छ । शर्ट फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरि, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा, संजय श्रेष्ठ र सन्दिप क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

फिल्ममा सबै कलाकारले एकै परिवारको सदस्यको अभिनय गरेका छन् र भिडियोमार्फत लकडाउन पालना गरेर घर भित्रै बसिरहन सन्देश दिइएको छ । त्यस्तै यस्तो बेलामा सामाजिक दुरी कायम राख्नु तर भावनात्मक दुरी नराख्नु भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्