ससुराको हत्या आराेपमा बुहारी पक्राउ



ओखलढुङ्गा : अंशबण्डाको विषयमा विवाद हुँदा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाकी एक महिलाले आफ्नो ससुराको हत्या गरेकाे आराेप लागेकाे छ । ७० वर्षीय ससुराको हत्या गरेकाे अभियाेगमा ३० वर्षीया तारादेवी गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

 

विमानस्थल सुरक्षा गार्ड कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान तारादेवीलाई पक्राउ गरेको हो । तारादेवीले अंशबण्डाको विषयमा विवाद हुँदा ससुरा रामकाजी गुरूङलाई फलामको ढुंग्रोले हानेकाे प्रहरीले जनाएकाे छ । बुहारीको ढुंग्रो प्रहारबाट गुरुङको घटनास्थमै मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार घटनास्थल विमास्थलदेखि २ र जिल्ला प्रहरी कार्यालयबाट १५ किलोमिटर दूरीमा पर्छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्