पूर्वसचिव उपाध्यायलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश



काठमाडौं : जिल्ला अदालत काठमाडौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिइएको छ । उनीविरुद्ध दायर साइबर क्राइमसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले २५ हजार धरौटीमा छाड्न आदेश दिइएको हो।

आइतवार उनीविरुद्ध साइबर अपराध मुद्दा दर्ता भएको थियो। गत बुधबार पक्राउ परेका उपाध्यायलाई यसअघि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्‍न अनुमति दिएको थियो ।

प्रधानमन्त्रीलगायत अन्य संस्थाविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत् गाली गरेको आरोपमा उनी पक्राउ परेका थिए। उनको नियन्त्रणसँगै सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्