अहिलेसम्म देशभर ५३ हजार ५ सय ३४ जनाको कोरोनो परीक्षण, आज नयाँ संक्रमित भेटिएन



काठमाडौं : देशभर अहिलेसम्म ५३ हजार ५ सय ३४ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत १० हजार ४ सय ७१ र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ४३ हजार ६३ वटा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको नमूना परीक्षण भएको छ। त्यस्तै अहिले देशभर पिसिआर प्रविधिबाट गरिने परिक्षण १६ स्थानबाट भइरहेको बताएका छन् ।

अहिले थप संक्रमित नभेटिएको बताउदै प्रवक्ता देवकोटाले अहिलेसम्म ५२ जना संक्रमित रहेकोमा १६ जना अस्पतालबाट डिस्चार्ज भएको बताए ।

अहिले कोशी अस्पताल, विराटनगरमा ३१ जना उपचाररत छन् भने नारायणी अस्पताल, वीरगन्जमा ३ जना, भरतपुर अस्पताल र धनगढीमा एक एक जना गरी कुल ३६ जना पचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

आजसम्म देशभर २० हजार १९५ जना क्वारेन्टाइनमा रहेका छन्। आइसोलेसनमा अहिलेसम्म १०६ जना रहेका छन। जसमध्ये उपत्यकामा ८ जना र उपत्यका बाहिर ९८ जना रहेका छन।

प्रतिक्रिया दिनुहोस्