जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी



धनुषा : जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आएकी क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यो विषयमा छलफल गरिन् । 

सूचीमा राख्न अधिका‌ंश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिएको उपमहानगरप्रमुख साहले बताए । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक दिएको र सो बमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गरेको उनले जानकारी दिए । 

यस क्रममा उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्