विश्वमा कोरोना संक्रमितको संख्या ३० लाख १५ हजार भन्दा बढि, कतिको मृत्यु ?



काठमाडौं : विश्व महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंले बढिरहेको छ । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणबाट विश्वभर २ लाख ७ हजार ९३३ जनाको मृत्यु भएको छ ।

संक्रमण फैलिएका २ सयभन्दा बढी मुलुकमा संक्रमितको संख्या भने ३० लाख १५ हजार २९८ पुगेको छ । संक्रमितमध्ये आठ लाख ८८ हजार ५४३ जना उपचारपछि निको भएका छन् ।

मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहे पनि संक्रमणपछि निको हुने दर ठूलो रहेको देखाउँछ।संक्रमण फैलिएका मुलुकहरुमध्ये सबैभन्दा बढी प्रभावित अमेरिकामा ९ लाख ८७ हजार ९१६ जना संक्रमित हुँदा ५५ हजार ४२५ जनाको मृत्यु भएको छ ।

यस्तै, युरोपेली मुलुक स्पेनमा कुल संक्रमित २ लाख २९ हजार ४२२ मध्ये २३ हजार ५२१ को मृत्यु भएको छ। यस्तै, अर्को प्रभावित मुलुक इटालीमा कुल संक्रमित १ लाख ९७ हजार ६७५ मध्ये २६ हजार ६४४ को मृत्यु भएको छ।

त्यस्तै फ्रान्समा अहिलेसम्म २२ हजार ८५६ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख ६२ हजार १०० जनामा कोरोनाको संक्रमण देखिएको छ । जर्मनीमा एक लाख ५७ हजार ९४६ जना संक्रमित भएका छन् । मृतकको संख्या पाँच हजार ९८४ पुगेको छ ।

यस्तै, बेलायतमा एक लाख ५२ हजार ४४० जना संक्रमित हुँदा २० हजार ७३२ जनाको मृत्यु भएको छ । चीनमा मृतकको संख्या अहिलेसम्म ४ हजार ६ सय ३३ पुगेको छ । भारतमा २८ हजार ३ सय ८१ संक्रमित हुँदा ८ सय ८६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्