कोरोना विशेष अस्पतालबाट सामान चोर्ने कर्मचारीलाई भरतपुर अस्पतालले फिर्ता बोलायो



काठमाडौं : कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुरस्थित विशेष कोरोना अस्पतालका कर्मचारीले राति सामान चोरेर लगेको पाइएको छ ।

अस्पताका लेखापाल फडिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको सार्वजनिक भएको सिसिटिभीको भिडियोमा देखिएको छ ।

खनाल नेपाल निजामती कर्मचारी संघ संगठन चितवनका जिल्ला अध्यक्ष हुन भने बराल अस्पताल विकास समिति कर्मचारी यूनियनका केन्द्रीय अध्यक्ष हुन् ।

उनीहरुले पन्खा, मास्क, कम्युटर स्किन, सेनेटाइजर, चप्पल, साबुन र टामखुट्टे भगाउने धुपलगायतका सामान तीन पोका बनाएर निकालेको सिसि टिभीमा देखिएको छ ।

भरतपुर अस्पतालले वैशाख १ गते दिउँसो सामानहरु विवरण बुझेको थियो । खनाल, बराल र तिवारी चैत ३० गते राति ९ः३० बजेसम्म बसेर सामान उठाएका थिए । उनीहरुले केही सामान आफ्नो घर लगेका र केही नारायणगढको एक सर्जिकल पसलमा विक्री गरेको बुझिएको छ ।

आरोपीहरुले भने भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखामा लगेको दाबी गरेका छन् ।

कोरोना अस्पतालले कोरोना अस्पतालको सामान चिरी र अनियमिमता छानबिन गर्न तीन सदस्य समिति गठन गरेको छ ।

उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजत्वमाको समितिमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक–एक जना सदस्य रहेका छन् । समितिलाई छानबिन गरि एक हप्ता भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

भरतपुर अस्पतालले चोरीमा संलग्न भनिएका बराल र महानगरपालिकाले लेखापाल खनाल र स्वास्थ्य अधिकृत तिवारीलाई फिर्ता बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्