आज चर्चित पप गायिका आस्था राउतको जन्मदिन



काठमाडौं : चर्चित पप गायिका आस्था राउतको आज जन्मदिन परेको छ । उनले झुम्के बुलाँकी, माया यो माया, बाल मतलब लगायतका कयै हिट गीतहरु गएकी छन् ।

वैशाख १७ गते जन्मिएकी आस्थाले आज आफ्नो जन्मदिन घरमै मनाउदैछिन् । लकडाउनका कारण कुनै पनि कार्यक्रम नहुँदा उनी परिवारसँग समय बिताइरहेकी छन् ।

जन्मदिनमा उनलाई बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ । आस्था गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ की जज पनि भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्