जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



झापा : प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका(७ बस्ने १६ वर्षीय निश्चल राईलाई प्रहरीले पक्राउ गरेको हो।

राईले ती बालिकालाई ललाइ फकाई नजिकैको कुखुरा फर्मको दाना राख्ने कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्