एटीएमबाट रकम चोरीको प्रयास



धनगढी: कैलालीमा एटीएमबाट रकम चोरीको प्रयास भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटीएमबाट रकम चोरीको प्रयास भएको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले राति ११ बजेको समयमा एटीएममा रहेको रकम चोरीको प्रयास भएको बताए ।

उनका अनुसार एटीएम तोडफोड गरिएको छ । एटीएम भित्र १६ लाख भन्दा बढि रकम रहेको र सबै रकम सकुसल रहेको बैंकले जनाएको छ । उनले उक्त कार्यमा संग्लग्नको खोजी भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्