अवैध हतियारसहित युवक पक्राउ



वीरगन्ज: अवैध हतियारसहित एक युवक बारामा पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बारागढीको प्रहरी टोलीले बारागढी गाउँपालिका ३ सिपुरा टोलका ३५ वर्षिय मनोज राय नेटुवालाई पक्राउ गरेको छ ।

गाउँपालिकाको सिपुरा टोलस्थित सडकमा शंकास्पद रुपमा हिंडडुल गरिरहेका उनलाई खानतलासी गर्दा उनको साथबाट अवैध एक थान नटकटुवा बन्दुकसहित उनलाई नियन्त्रणमा लिएको हो ।

लकडाउनलाई थप प्रभावकारी बनाउन गस्तीमा हिंडेका प्रहरीको टोलीले नेटुवालाई अवैध हतियार सहित पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयले बारा जिल्लामा निषेधाज्ञासहित सरकारले लागु गरेको लकडाउनलाई थप प्रभावकारी बनाउने क्रममा गस्तीमा रहेको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ परेका नेटुवालाई जिल्ला अदालत बारामा हातहतियार तथा खरखाजना मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको लागि प्रक्रिया अगाडी बढाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्