रेडियो नेपालकी पहिलो गायिका रानु देवीको निधन



काठमाडौं : गायिका रानु देवी पौडेल अधिकारीको निधन भएको छ । १९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मेकी रानुदेवीको बाल्यकाल भारतमा बितेको थियो । प्रजातन्त्र सेनानी समेत रहेकी अधिकारीको ८४ वर्षको उमेरमा वैशाख १८ गते, बिहीबार काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । उनको बिहीबार रातिनै अन्त्यष्टी पनि गरिसकिएको छ ।

रेडियो नेपालकी पहिलो गायिकाको रुपमा परिचित रानुले क्रान्तिकारी गीत संगीतमार्फत नाम कमाउन सफल भएकी थिइन् । उनले वि. सं. २००६ सालमा पहिलो पटकमै ६ वटा रेकर्डिङ गरेकी थिइन् । गायिका रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा काम गरेकी थिइन् । उनका एक छोरा र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्