कुनै बेलाका आइडल प्रहरी खनाल किन विवादमा परे ?



काठमाडौं– एक कर्मठ प्रहरी अफिसरले प्रहरी महानिरिक्षक बन्ने सपना देखेको हुन्छ । सेवाका वखत अनुशासन, इमान्दारिता र कार्यकुशलतालाई अबलम्बन गरेकाहरू एकदिन महानिरिक्षक भएरै छोड्छन् । त्यहीमध्ये अग्रस्थानमा नाम आउँछ सर्वेन्द्र खनालको ।

प्रहरी महानिरिक्षकबाट अवकाश पाएर सामान्य जीवन बिताइरहेका सर्बेन्द्र अहिले सांसद अपहरण काण्डले विवादको घेरामा तानिएका छन् । तर, प्रहरी जीवनकालको ३० बर्ष इमान्दार प्रहरीको भूमिका निर्वाह गरेका खनालको छवीलाई नियोजित रुपमा धमिल्याउने प्रयास भईरहेको उनी निकटहरु बताउँछन् ।

पूर्वप्रहरी महानिरिक्षक खनाललाई जसरी विवादमा तानिएको छ, त्यसअघि उनको इतिहास, छवि र व्यक्तिगत जीवनलाई विर्सनु पक्कै हुँदैन । उनले यस घटनामा आफुलाई नियोजित रुपमा मुछेको प्रति खेद प्रकट गरेका छन् । प्रहरी जीवनकालमा हजारौँ अपराधिलाई कानुनी सबक सिकाएका खनालले आफुले कुनैपनि हालतमा अपहरण जस्तो निकृष्ठ काम कल्पना पनि गर्न नसक्ने बताउँछन् । राजनीतिक घटनालाई आफ्नो सामान्य जीवनसंग जोडेर गलत प्रचारबाजी गरिएकोप्रति दुखी छन् पुर्वआईजीपी खनाल ।

कुनै बेला प्रहरीका हिरो को रुपमा छवी बनाएका खनाल प्रहरी इतिहासकै आइडल पात्र हुन् । प्रहरी इन्सपेक्टरबाट २०४६ सालमा प्रहरी सेवामा प्रवेश गरेका खनालले २२ महिना आईजिपी भएर काम गरे । विभिन्न चुनौतीलाई झेल्दै कार्यकाललाई सफल र उपलब्धिपूर्ण बनाएका उनले ३० वर्षे सेवा अवधिका कारण गत माघमा अवकाश लिएका हुन् । लामो समयदेखि विवादको घेरामा रहेको प्रहरी प्रमुख चयन उनको पालामा निर्विवादिन भयो । किनकी खनाल त्यस्ता प्रहरी अफिसर थिए जसलाई महानिरिक्षककै रुपमा देख्ने आम नागरिकको चाहना थियो ।

प्रहरी नियमावलीका अनुसार नै ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने एवम् मातहतको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यका कारण उनी महानिरीक्षक भएका थिए ।

सर्वेन्द्र खनालप्रति आम जनतामा त्यसै विश्वास पलाएको होइन । प्रहरी सेवामा २८ वर्ष बिताउँदा उनले धेरै बहादुरीपूर्ण काम गरेका थिए । शसस्त्र द्धन्दमा रहेको माओवादी जनयुद्धलाई शान्तिप्रक्रियमा ल्याउन सरकारको सहयोगी भएकोदेखि विभिन्न हिंसात्मक घटनालाई ट्रयाकमा ल्याउन उनले निर्वाह गरेको भूमिका तारिफ योग्य छन् । राजनितिक संरक्षण पाएका डनदेखि भित्रभित्रै ठगीधन्दा चलाउनेहरुलाई घोक्रेठ्याक लगाउने काममा उनले सफलता पाए ।

खनालको ३० वर्ष सेवाका लोकप्रीय उपल्बधी
१. कुमार श्रेष्ठ घैँटेको इन्काउन्टर

राजधानीका गुण्डा नाइकेहरुको राज उत्कर्षमा पुगेकाबेला २०७२ भदौ ३ गते खनालले गुण्डा नाइके कुमार घैंटेको इन्काउन्टर गरे । सामाखुसी कपुरधारामा भएको त्यस घटनालाई उछाल्न केही नेताहरु लागेपनि सामाजिक सञ्जाल र मिडिया मार्फत इन्काउन्टर अनुमोदन भएपछि काठमाण्डौं महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख सर्वेन्द्र खनाल अझ लोकप्रिय भए ।

२. फूटबलमा भइरहेको म्याच फिक्सिङको पर्दाफास
अन्तर्राष्ट्रमा खेल खेलिरहने तर सधैं हारि रहने नेपाली फुटबल रोगको सल्यक्रियापनि सर्वेन्द्रले गरेका थिए । सन् २००८ देखि सधैं हारिमात्र रहने रोग म्याच फिक्सिङ हो भन्ने प्रमाण पेश गर्दै उनले फुटबलका तत्कालीन कप्तान सागर थापा सहित ५ जना खेलाडी तथा खेलब्यवस्थापकलाई २०७२ असोज २७ मा पक्राउ गरे । प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ गरेको कबुल समेत गरेका थिए ।

३. पेट्रोलपम्पहरुमा छापा र ठगी गर्ने मेसिनको पर्दाफास
काठमाडौं महानगरीय अपराध अनुसंधान महाशाखामा प्रमुख भएकावेला खनालले १६ पेट्रोलपम्पमा एकै पटक छापा मारेका थिए । देशले भारतीय नाकाबन्दीको मार खेपिरहेकावेला पेट्रोलपम्पहरुले चिप्स् जोडेर रिमोट मार्फत १०० मा ३ देखि ४ लिटर ठग्ने गरेको अनुसन्धानवाट खुलेपछि सर्वेन्द्रकै नेतृत्वमा छापा हानिएको थियो । यो छापा काण्ड त्यसवेला चर्चाको शिखरमा पुगेको थियो ।

४. कन्सलटेन्सीमा छापा
शैक्षिक परामर्श दिने नाममा साइनबोर्ड राखेर मानव तस्करी गर्ने आरोप लागेका ४ दर्जन कन्सलटेन्सीमा एकै पटक छापा मारियो, सर्वेन्द्रकै नेतृत्वमा । ती मध्ये धेरैजसो अबैध प्रमाणित भए । १ सय ३० कन्सलटेन्सी मात्र दर्ता थिए । तर छापा मार्न थालेपछि हतार–हतार १ हजारभन्दा बढी कन्सलटेन्सीले बैधानिक बाटो समाते र कम्पनी दर्ता गराए । २ सयभन्दा बढी कन्सलटेन्सी सधैंकालागी बन्द भए ।

५. हुण्डीमाथिको अपरेसन
राज्यलाई कर तिर्ने डरले अबैध पैसाको चलखेल गर्नेहरुको जालो अन्त्य गर्नमा सर्बेन्द्रको मुमिका महत्वपूर्ण थियो । ट्याक्स छली गरी राज्यलाई ठग्नेहरुका विरुद्धमा उनले बारम्बार छापा हानेपछि धेरै हदसम्म हुण्डी कारोबार नियन्त्रणमा आएको थियो ।

६. तराईका भूमिगत ससस्त्र समूह तथा अपराधिको सफाया
कार्यकालका बेला जनकपुर र नारायणीमा रहँदा गरेको मूख्य काम नै भूमिगत समूहको सफाया अभियान थियो । १ सय ९ वटा शसस्त्र भूमिगत समूहले तराईलाई नराम्रोसँग दुख दिइरहेका थिए । उनको सक्रियता र अभियानले त्यसलाई ४ वटामा झारिदिएको थियो । यसकालागी उनी आफैं फिल्डमा खटिएका थिए । त्यस्तै, दोस्रो संविधानसभा हुन नदिने भन्दै पर्चा–पम्प्लेट टासेर सक्रिय रहेकावेला गोहित समूहका अमिताभ गोहित र राजनमुक्तिका प्रमुखलाई पक्राउ गरी जेलको हावा खुवाउन उनी सफल रहे । त्यस्तै नारायणी अञ्चलमा रहँदा उनले बीरगञ्जमा अपराध मच्चाइरहेको सुनिल जैसवाल “अग्नी” भन्ने गुण्डानाइकेलाई खत्तम गरे । तराईमा निकै दुख दिएको अग्नीलाई गोली हान्न सक्नुलाई समेत ठूलो आँट मानियो ।

७. धनुषाको उत्तेजना वातावरण सामसुम पारे
एकजना असईले एकजोडी केटा–केटीलाई छुट्याएर केटीलाई बलात्कार गरेको आरोपमा जनकपुरको माहोल नियन्त्रण वाहिर गएको थियो । सिडिओ र डिएसपी जिल्ला छोडेर भागिसकेका थिए । पत्रकार माथि आक्रमण भएको थियो । स्थानीय राजनीतिक पार्टीहरु भीडलाई उत्तेजित पार्नमा मस्त थिए ।
यस्तो अवस्थालाई काबुमा ल्याउन सर्वेन्द्रले गर्न सक्ने कुरा उठ्यो र तत्कालीन गृहमन्त्रीले काठमाडौंमा रहेका उनलाई धनुषा पठाए । उनी धनुषा ओर्लिदा पेट्रोल बमले स्वागत गरियो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको मृत्यु भएका दिन धनुषा पुगेका उनी २४ घण्टाभित्र घटना सामसुम पारेर काठमाडौं फर्के । यस घटनाले उनको उचाईलाई राजनीतिकबृत्तमा समेत स्थापित गर्यो ।

८. बडिखेल हत्याकाण्डको पर्दाफास
उपत्यकाको अपराध श्रृङ्खलामा ललितपुरको बडिखेलमा भएको ‘बडीखेल हत्याकाण्ड’ निकै चर्चित मानिन्छ । एउटै परिवारका ५ जनाको विभत्स ढंगले भएको हत्या काण्डकाको खनालले नै पर्दाफास गरेका थिए । २०६० सालमा एउटै परिवारको पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालले करिब १२ वर्षपछि पक्राउ गरेका थिए ।

९. भीआइपीलाई पनि छोडेनन्
खनालले ०६२÷६३ को जनआन्दोलनको बेला काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हालेका थिए । त्यसबेला परिसरले निषेधित क्षेत्र तोडेको भन्दै गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत थुप्रैलाई नियन्त्रणमा लिएको थियो । अपराध महाशाखाको नेतृत्व सम्हालेको एक सातामै खनालले जमिम शाह हत्याकाण्डमा संलग्न पूर्व–डिएसपी जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । २०६६ सालमा लाजिम्पाजमा शाहको गोली प्रहारबाट हत्या भएको थियो ।

१०. महारिक्षक भएर प्रहरीको चेन अफ कमाण्डलाई चुस्त बनाए
खनाल आइजिपी हुँदा प्रहरी सङ्गठनको आन्तरिक सरुवा–बढुवा, आर्थिक पारदर्शिता, चेन अफ कमान्ड र कानुन कार्यान्वयन मुख्य चुनौतीका रूपमा देखापरेका थिए । यस्ता चुनौतीलाई सहज ढङ्गले समाधान गरी प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने प्रयास उनले गरे ।

कार्यकालको विवाद
विषेशतः दुईवटा आपराधिक घटना केलाउन नसक्दा खनालको ‘खोट’ पकड्ने बहाना त्यही बन्यो । निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन प्रकरणमा खनाल चुकेको उनी आफै स्विकार्छन्। तर, प्रहरीले गर्नसक्ने ठाउँ हुँदाहुँदै पनि पर्याप्त अनुसन्धान नगरेको आरोप उनीमाथि छ । उनको कार्यकालमा अनुसन्धान नभएको घटना ३३ किलो सुन प्रकरण पनि हो । यसको जवाफ अहिले पनि प्रहरीसँग छैन ।

सासंद अपहरणको आरोप
पूर्वआइजिपी सर्वेन्द्र खनाललाई यतिबेला डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको आरोप लागेको छ । तर खनालले आफु राजनीतिक रुपले नभई साथीत्वको नाताले सांसदसहित जनकपुर गएको बताउँदै आएका छन् ।

देशमा संकट भएको र विभिन्न व्यक्तिसँग कुरा गर्दै जाँदा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठसंग पनि कुराकानी भएर लकडाउनका कारण अलपत्र परेकाहरूको उद्धारका लागि आफु निस्किएको उनले बताएका छन् ।

बाटोमा परेको काभ्रे जिल्ला एसपीसँग कुरा गरेर जाम हटाउन अनुरोध गरेको उनले स्वीकारेका छन् । हुन पनि पूर्वआइजिपी हिड्डुल गरेको त सबैलाई थहा हुने नै भयो र सबैको चासोको विषय पनि हुने ने भयो ।

डा.यादवलाई उनले चिनजानको साथी बताउदै आएका छन् भने डा यादवले पनि खनालसँग परिचय भएको स्विकार गरेका छन् । खनाल भन्छन्, ‘यादव राजी खुसी काठमाडौं आएको हुन् ।’

जनकपुर स्थित् यादवको घरमा गएर खाना खाएको र त्यहाँबाट उनीहरुको आपसी कुराकानी गर्ने क्रममा सुरेन्द्र यादवजीले पार्टीको आन्तरिक अवस्थाहरूकको बारेमा विष्लेशण गरेको उनको भनाई छ ।

धनुषामै उमाशंकर अरगरिया कुराकानीपछि सोहाद्रता साथ संगसंगै काठमाडौं आएको उनको भनाई छ । एकातिर खनालमाथि अपहरण गरेको आरोप लागेको छ भने अर्कोतर्फ अपहरणमा परेका यादव होेटेलबाट प्रहरीको मा पहिला नगएर किन डा. बाबुराम भट्टराईको घर पुगेको भनेर प्रश्न गरिरहेका छन् ।

सोतका अनुसार यादव पार्टी फुटाउन चहान्थे तर उनी काठमाडौं आएकै दिन समाजवादी पार्टी र राजपा नेपालको एकिकरण भएकाले उनी आफ्नो जालमा आफै फसेका हुन् ।

सांसद यादवले विभिन्न सञ्चार माध्यममा दिएको अन्तरवार्तामा पटकपटक बोली फेरेका छन् । यादवको भनाई विरोधाभास भएकाले खनाल, सांसद महेश बस्नेत र किसन श्रेष्ठ सही हुन सक्ने आधार पनि प्रसस्त छन् ।

प्रतिक्रिया दिनुहोस्