औषधि बाहेकका सबै व्यवसाय बन्द



बाँके : जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान १० बजेदेखि औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गरेको छ। ।

कोरोना सङ्क्रमणका लागि जारी लकडाउन उल्लङ्घन गर्नेको सङ्ख्या बढ्दै गएपछि प्रभावकारी बनाउन पसल व्यवसाय बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार १० बजेपछि अनुमतिबाहेकका सवारी साधन हिँडडुलमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी औषधि पसलबाहेक फलफूल, दूध, तरकारी, माछा मासु लगायत अत्यावश्यक सेवाका सम्पूर्ण पसलमा बिक्रीवितरण बन्द गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्