विद्यालयमा एक जना मृत फेला



धनगढी: धनगढीको सरकारी विद्यालयमा एक जना मृत फेला परेका छन् ।

धनगढी उप-महानगरपालिका वडा नं.१४ को पञ्चोदय माध्यमिक विद्यालयमा एक जना मृत फेला परेका हुन् । सीमा प्रहरी चौकी बहुलीयाका अनुसार दाङको भालुवाङ घर भई हाल धनगढीमा काम गर्दै आएका ३० वर्षीय तिलक बुढामगरको मृत्यु भएको हो ।

राति सुतेका उनी विहान मृत भेटिएका हुन् । उनी जेसिवी चालक हुन् । प्रहरी कार्यालयका अनुसार उनले विद्यालयमै भईरहेको निर्माण कार्यमा जेसिवी चलाउँदै आएका थिए ।

सीमा प्रहरी चौकी बहुलीयाका प्रहरी नायव निरिक्षक जयवहादुर सिंहले जिल्लाबाट अनुसन्धानको लागि प्रहरी टोली घटनास्थल पुगि सकेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्