४ जना बालबालिकामा दादुरा संक्रमण



चितवन: पूर्वी चितवनको राप्ती नगरपालिकामा आगामी मंगलबारदेखि दादुरा रुबेला रोग विरुद्धको खोप संचालन हुने भएको छ ।

सो नगरपालिकाका चारबालबालिकामा दादुरा संक्रमण देखिएपछि खोप शुरु गर्न लागिएको हो । स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीका अनुसार सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा खोप संचालन गर्न लागिएको हो ।

ती वडामा रहेका ९ महिनादेखि १५ वर्ष उमेर समूहकालाई खोप लगाइने छ । ती वडामा रहेका करिब सात हजारलाई खोप लगाइने छ । स्वास्थ्य मन्त्रालयकोे निर्दे्शिका अनुसार सामाजिक दूरी कायम गरी खोप लगाइने छ ।

नगरपालिका प्रमुख प्रभा बरालका अनुसार धादिङमा दादुराको संक्रमण देखिएसँगै सिमाना जोडिएका वडामा रहेका बालबालिकादेखि युवासम्मलाई दादुराको संक्रमण देखिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्