साढे तीन महिनापछि हिमपहिरोमा हराएका सातै जनाको शव फेला



काठमाडौं- नेपाली सेनाले हिम पहिरोमा परि वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार गरेको छ ।

गत वर्षको माघ ३ गते सातजना हिम पहिरोमा परी वेपत्ता भएका थिए ।

कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं.११ हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा परि बेपत्ता भएका ३ जना नेपाली गाईड तथा ४ जना कोरियन पर्यटकहरुमध्ये २ जना नेपाली गाईड र ३ जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेको सेनाले जनाएको छ ।

हराएकामध्ये एक जना नेपाली र कोरियन नागरिकको शव टोलीको शव वैशाख १९ गते फेला परेको हो भने २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई र्पुयाएको सेनाले जनाएको छ ।

यससँगै उक्त हिमपहिरोमा परी हालसम्म बेपत्ता भएका सबैको शव फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्