बम विष्फोटमा मृत्यु भएका रोल्पाका ४ बालबालिकाको अन्त्येष्टि



दाङ : परिवारले बम बिष्फोटमा परि ज्यान गुमाएका रोल्पाका ४ बालबालिकाको दाहसंस्कार गरेका छन् । त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका ४ जना बालबालिकाको बिहीबार बाख्रा चराउन गएका बेला बम पड्केर मृत्यु भएको थियो ।

प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टम पछि परिवारले दाहसंस्कार गरेका हुन् ।

यसैबीच गाउँपालिकाले तत्काल दाहसंस्कार खर्च, किरिया खर्च र अन्य तत्काल आवस्यक पर्ने खर्चको व्यवस्थापन गर्ने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष सावित्री बुढा घर्तीमगरले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्