उपत्यकाका ७ सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा



काठमाडौं : उपत्यका सात सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने जोखिमम रहेको छ ।

 

विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरुको पुनर्निमार्णमा आवश्यक मापदण्डलाई ख्याल नगरी निर्माण गरिंदा ती महत्वपूर्ण सम्पदा उच्च जोखिममा परेका छन् । जसका कारण काठमाडौं दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबारस्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारण विश्वसम्पदा सूचीबाट हट्ने खतरा बढेका उल्लेख गरेको छ ।

 

यसैगरी नेविसंघ अन्योल यथावत, म्याद थप कि विघटन ? भन्ने शीर्षकमा अर्को समाचार छापेको छ । नेविसंघ वर्तमान कार्यसमितिको म्याद सकिएर काम चलाउ बनिरहेको बेला पुनः माद थप्ने कि तदर्थ समिति बनाएर महाधिवेशनको जिम्मा दिने भन्ने विषयमा कांग्रेसभित्र विवाद देखिएको छ ।

 

यसैगरी अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएको खबर सार्वजनिक भइरहँदा आरोपित चिकित्सकविरुद्ध धमाधम उजुरी दर्ता हुन थालेको छ । यस वर्ष आरेपित डाक्टरविरुद्ध ४० वटा उजुरी परिसकेको छ । आजको राजधानी दैनिकले प्रमुख समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्