वन्यजन्तु खरिद बिक्रीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ



सोलुखुम्बु : वन्यजन्तु खरिद बिक्रीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका-२ चंकीदह घर भई खुम्बु पासाङल्हमु गाउँपालिका-४ फोर्चे बस्ने ३५ वर्षीय रमेश राई र संखुवासभा घर भई सोलुखुम्बु खुम्बु पासाङल्हमु गाउँपालिका-४ फोर्चे बस्ने ४७ वर्षीय बिष्णु राई रहेका छन् ।

करिब ४ वर्ष पहिले १ थान वन्यजन्तु कस्तुरीको बिना ५० हजार रुपैयाँमा खरिद गरी ७० हजार रुपैयाँमा बिक्री गरेको घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई सगरमाथा राष्ट्रिय निकुञ्जमा बुझाइने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्