उदयपुर घर भएकै कारण विरामीको उपचार नगरी फर्काउने अस्पताललाई कारबाही गर्न माग



काठमाडौं : विरामीको उपचार नगरी फर्काउने विराटनगरको नोेबल मेडिकल कलेजलाई कारबाही गर्न जनप्रतिनिधिले माग गरेका छन् ।

जनप्रतिनिधिले सोमबार विज्ञप्ति जारी गरी उदयपुर घर भएकै कारण विरामीको उपचार नगरी फर्काउने अस्पताललाई कारबाहीको माग गरेका हुन् ।

प्रदेशसभा सदस्यद्वय अम्बिका थापा र सुनिता चौधरी, बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा, चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले विज्ञप्ति जारी गर्दै नोबल मेडिकल कलेजले संविधान र नागरिकको मौलिक अधिकारको खिल्ली उडाएको भन्दै आपत्ति जनाएका छन् ।

नोबल मेडिकल कलेजले उदयपुर घर भएकी एक सुत्केरीलाई अपरेसन थियटरबाट निकालेको थियो भने त्यसको भोलिपल्ट हात भाँचिएका एक विरामीलाई पनि उपचार नगरी फर्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्