नेपाल लाइफको २० वर्ष पूरा, ८ लाख बराबरको नगद तथा खाद्यान्न सहयोग



काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २० औं वर्ष पूरा गरेको छ ।

सोही अवसरमा नेपाल लाइफका कर्मचारीले ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेका छन् ।

उक्त रकमले सातै प्रदेशका विभिन्न स्थानहरुमा रहेका अनाथ, महिला तथा बृद्ध-बृद्धालाई राहत प्रदान गरेको कम्पनीले जनाएको छ । जसअन्तर्गत प्रदेश नं.१ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं.१ कारोना जनसुरक्षा कोष’ मा १ लाख २१ हजार रकम प्रदान गरेको छ ।

त्यसैगरी प्रदेश नं.२ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न, अत्यावश्य वस्तुहरु, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायत सहयोग गरेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीले यस अघि नै कोरोना भाइरस (कोभिड-१९) महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १ करोड रकम सहयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्