७५ वर्षिया बृद्धा, अपाङ्ग छोरासँगै ५ दिनदेखि भोकै



जनकपुरधाम: महोत्तरीको पिपरा गाउँपालिका वडा नं.२ अलिपट्टीकी राजकुमारी देवी विगत कतियौं वर्षदेखि जनकपुरधामस्थित वडा नं.७ मा बस्दै आएकी छिन् ।

उमेरले ७५ वर्ष पार गरिसकेकी उनी काम गर्न सक्ने अवस्थामा छैनन् । कोरोना संक्रमणको त्रासकाबीच नेपाल सरकारले लकडाउन गरेपछि उनको जनजिवन कष्टपूर्ण बन्दै गएको छ ।
यद्यपि उनलाई राहत स्वरुप हालसम्म कुनै निकायले सहयोग नगरेको उनी बताउ छिन् । उनीसँगै उनका ४५ वर्षिय एक छोरा पनि छन् जो शारिरिक रुपले अशक्त छ ।

छोराको रेखदेखसमेत गर्नुपरेको भन्दै उनले भनिन्,‘एक्लै भएको भए जसोतसो गुजारा गरिहाल्थे तर यो बुढेसकालमा अशक्त छोरोको देखभाल कसरी गरु ?’ अन्य दिनमा कसरी चलाउनु हुन्थ्यो गुजारा भन्ने प्रश्नमा उनले भनिन्,‘दुई छोरीको आशमा जसोतसो गुजारा चलिरहेको थियो ।’ उनको दूबै छोरी भारतमा रहँदै आएकी छिन् ।

उनीहरुले नै समय समयमा आर्थिक सहयोग गर्दै आईरहेका थिए । तर पछिल्लो पटक लकडाउन भएपछि सो सहयोग आउने बाटो पनि बन्द भएको बताईन् । लकडाउन लामो हुँदै गएपछि वृद्धा राजकुमारी र ४५ वर्षिय उनको अशक्त छोरो शम्भु मिश्र विगत ५ दिनदेखि भोकै छन् । उनलाई असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथ साहले दुई किलो चामल, आधा किलो दाल,१ किलो आलु, आधा किलो प्याजलगायतका सामग्री उपलब्ध गराएका छन् ।

तर सो राहत उनीहरुलाई कति दिनसम्म टिक्नु, त्यो अपर्याप्त थियो । हुनत राजकुमारी वडा नं.७ मा समेत राहतका लागि पहल गरेको बताइन् । तर सो वडामा राहत सामग्री वितरण हुँदासमेत आफुलाई राहत उपलब्ध नगराइएको उनले गुनासो गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्