भारतीय नाका नजिक ३ सय मुस्लिम भेला



वीरगन्जः सरकारले कोभिड-१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न लागु गरेको लकडाउनको पर्साको सिमावर्ती बजार भिस्वामा उल्लंघन भएको छ ।

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गईरहेको परिपेक्ष्यमा पर्सा जिल्ला ‘रेड जोन’मा परेपछि यहाँ नियन्त्रण र कडाई बढाउनु पर्ने ठाउँमा उक्त भेला सिमा नजिकैको एउटा ठाउँमा भएको थियो । स्थानीय प्रशासन यसमा बेखर थियो भने नेपाल प्रहरी र सशस्त्रप्रहरी बल कदर्शक बने ।

पर्सा जिल्लामा मात्र आधादर्जन कोरोना संक्रमित भेटिएका छन् । लकडाउनलाई थप प्रभावकारी बनाउन जनस्तरबाट नै आवाज उठिरहेको छ । सरकारको निर्णयको विरोध र समर्थन लकडाउनको पालना गर्दै मानिसहरु आ-आफनो घरमै बसेर समाजिक संजालबाट काम गरिरहेका छन र घरबाहिर निस्केका छैनन् ।

रोनाको कहर कुनै जातसमुदायलाई हेरेर आउँदैन त्यसैले यसको नियन्त्रण तथा रोकथाम हुन आवश्यक छ र यसमा सबैको पहल हुन जरुरी रहेको आमबुझाई भइसकेको छ ।

सदरमुकाम वीरगन्जमा मानिसहरुले कालगतिबाट वा अन्य कारणले मृत्यु बरण गर्दा यहाँ अन्त्येष्टीमा १० देखी २० जनामानिसहरुले मात्र यस लकडाउनको समयमा भाग लिरहेको रेकर्डछ । यहाँबाट करिब २५ किलोमिटर पश्चिममा रहको सिमावर्ती छिपहरमाई गाउँपालिकामा सोमबार नेपाल भारतका करिब तीन सय मुस्लिम समुदायका मानिसहरु एउटा अन्त्येष्टीको निहुँमा एकठाउँमा भेलाभए ।

गाउँपालिकाको वडा नम्बर ५ भिस्वाका ७५ वर्षिय मोहर्रम गद्दीको मृत्युपछि उनको ‘जनाजा’ (शवयात्रा)मा नेपालभारत गरी करिब ३ सय भन्दा बढी मुस्लिम समुदायहरुले सहभागिता जनाए । भिस्वाबजार पछाडी रहेको कब्रिस्तानमा शव लैजाँदै गरेको अवस्थामा सयौं व्यक्तिहरुको सहभागिता भए पनि भिस्वा नाकामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्ने वा सम्झाउने कुनै पहल गरेनन, र्दशक बनेर रमितादेखे । प्रहरीले यसमा रोकथाम गर्न चासो नदेखाएपछि स्थानियले जिल्ला प्रशासन कार्यालयमा फोन गरी भेलाबारे जानकारी गराएका थिए ।

जिल्ला प्रसाशन कार्यालयलाई जानकारी गराएको केहि बेरपछि सशस्त्र प्रहरी हर्कतमा आयो । वेशक्याम्प भिस्वाबाट गएको सशस्त्र प्रहरी टोलीलाई देखेर सहभागिहरु भागा भाग भएको स्थानिय प्रत्यक्षदर्शीले बताए । सिमा टाँसिएको कब्रिस्तानमा सशस्त्र प्रहरी पुग्ना साथ नेपाल भारत दुबैतर्फ सहभागिव्यक्तिहरु भगा भाग भएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

यसरी सहभागिहरु सिमापारीबाट समेत आएको भन्ने खुलेको थियो । प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिन सकेन । सशस्त्र वेश क्याम्पसका सशस्त्र प्रहरी निरिक्षक हरी पराजुलीले भेला भएको बारे खबर पाउँना साथ धपाउँने काम गरेको बताए । उनले भने, ६०÷७० जना यताकै सहभागिता थिएन, अन्त्येष्टीमा सहानुभुति देखाउँनको लागि सहभागिता जनाएका थिए हामीले खबर पाउँना साथ, मोटरसाईकल र गाडी कुदाई हाल्यो र भिडलाई हटाउँने काम गर्यो ।

नेपाल भन्दा भारतमा कोरोना संक्रमितको संख्याहजारौंमा पुगि सकेको छ । मर्नेको संख्यापनि एक हजारभन्दा बढी नै भईसकेको छ । भारतबाट भारत, नेपाल वा अन्यकुनै देशको नागरिकलाई नेपालप्रवेश गर्न रोक लगाइएको छ । सिमा क्षेत्रमा नेपाल र सशस्त्रप्रहरी व्यापक रुपमा परिचालन गरिएको छ ।

तर ‘जानाजा’को नाममा खुल्ला सिमानाको फाइदा उठाउँदै लकडाउनको उलंघन गरी सिमापारीबाट समेत मानिसहरु नेपालप्रवेश बिना रोकटोक गरेका थिए । यसरी सरकारलाई नै ठाडो चुनौती दिएर लकडाउनको उलंघन भएको घट्नामा कुनै कारवाही हुने कि नहुने प्रश्न खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्