कालो बजारी गर्ने २ वटा मेडिकललाई जरिवाना



कैलालीः लकडाउनका बेला कालो बजारी गरेको भन्दै दुई मेडिकललाई जरिवाना तोकिएको छ ।

जिल्लाको अत्तरियामा रहेको हिमाल फार्मेसी र धनगढीमा रहेको सरोज मेडिकललाई जरिवाना तोकिएको हो ।

लकडाउनका बेला उपभोक्तालाई सर्जिकल मास्कमा ४७ दशमलव ६२ प्रतिशत बढी मूल्य लिएर बिक्री गरेको आरोपमा अत्तरियामा रहेको हिमाल फार्मेसी २ लाख रुपैयाँ जरिवाना गराइएको छ भने धनगढी ३ चौराहा रहेको सरोज मेडिकल हलमा म्याद सकिएका विभिन्न औषधीजन्य बस्तुहरू जफत गरेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ दफा ३८ क बमोजिम तत्काल २० हजार रुपैयाँ जरिवाना तोकिएको उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमल बहादुर पुन मगरले जानकारी दिए । जरिवाना तोकिएको ७ दिन भित्र राष्ट्रिय वाणिज्य बैङ्कमा जम्मा गरेको दोस्रोप्रति भौचर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा दाखिला गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्