नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ८२ पुग्यो



काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ८२ पुगेको छ ।

आज (मंगलबार) भेरी अस्पताल, नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन् । यो संख्या नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको हो ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज–८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् । मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्