आज सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै



काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा पेस हुँदै छ । दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसमाथिको छलफल भने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुटा छुट्टै हुनेछ । प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने छ । राष्ट्रिय सभामा जेठ ३, ४ र ६ गते छलफल हुने छ ।

अन्तिम दिनको छलफलबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । सरकारको नीति तथा कार्यक्रम पारित भएपछि जेठ १५ गते सङ्घीय संसद्मा बजेट प्रस्तुत हुने छ ।

प्रतिक्रिया दिनुहोस्