एम्बुलेन्स र मोटरसाईकल ठोकिदा प्रहरी हवल्दारको मृत्यु



सुखड्: कैलालीको गौरीगंगामा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोकिदा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गको गौरीगंगा नगरपालिका ९ शंकरपुरमा भएको दुर्घटना सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत घोडाघोडी नगरपालिका वडा नं.१० पहलमानपुरका ३५ वर्षीय सहायक हवल्दार गोरख ऐरको मृत्यु भएको हो ।

पश्चिमबाट पुर्व तर्फ आईरहेको ओम साई हस्पिटल धनगढीको से १ च १८२८ नं.को एम्बुलेन्स र पुर्वबाट पश्चिम तर्फ गईरहेको म २ प ५३०३ नं.को मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका १० का भरत बोहरा भने घाईते भएका छन । एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका १० का ५४ वर्षका आशाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सुखड्का प्रहरी निरिक्षक हरिशरण भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्